पोखरा महानगरको हर्कत: डाक्टर पढ्न जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई १० लाख छात्रवृत्ति

पाेखरा | पुस ८, २०८१

पोखरा महानगरको हर्कत: डाक्टर पढ्न जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई १० लाख छात्रवृत्ति

पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने सम्बन्धि सूचना जारी गरेपछि चौतर्फी विरोध भएको छ । 

 

महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन हरेक विद्यार्थीलाई हरेक वर्ष १० लाख विनियोजन गर्दै आएको थियो । 

 

उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो । सोही क्रममा उक्त रकम मणिपालको खाताला गएको देखेपनि महालेखाले बेरुजु देखाएको थियो । 

 

त्यसपछि कार्यविधि संशोधन गर्दा सहिदका छोराछोरीसँगै जनप्रतिनिधि र कर्मचारीका सन्तानले पाउने व्यवस्था थपेको थियो । 

 

सोही व्यवस्थालाई टेकेर महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालेको थियो । 

 

अहिले उक्त कार्यको विरोध हुन सुरु भएको छ ।

 

के भन्छन्, जनप्रतिनिधि​ ?

 

‘शिक्षा र अवसर सबैका लागि समान हुनुपर्छ । डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गरिएको छ भने, यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ ।, पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्न सक्छ जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।’

 

उनले समानताको सिद्धान्तको उल्लंघन गर्न नहुने भन्दै भनेका छन्, ‘यदि यस्तो नीति जारी रहन्छ भने, जनतामा अविश्वास र असन्तोष फैलिन सक्छ, जसले शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । यस्ता निर्णयहरूले समाजमा विभाजनको वातावरण सिर्जना गर्न सक्छ ।

 

तसर्थ, यस निर्णयलाई पुन: विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ ।

समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ तर, सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।’


 

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्